निर्माता सँगै निखिलको टकराव बढेपछि…

मुम्बईबाट फर्किएपछि निखिल उप्रेती अभिनीत भैरव र लुटेराले बक्स अफिसमा सुखद व्यापार गर्यो। उनको क्रेज घटेको रहेनछ भन्ने पनि प्रमाणित भयो। यति भएपछि उनको भाउ बढ्ने भइहाल्यो।

Nikhil Upreti Nepali Actor

फेरि पनि एक्सनप्रधान फिल्ममा पहिलो रोजाइमा पर्न थालेका छन्, निखिल। उनको नयाँ फिल्म किङ २९ पुसमा रिलिज हुँदै छ। प्रदर्शन मिति नजिकिँदै गर्दा प्रमोसनमा निखिलको सक्रियता बढ्नुपर्ने हो तर त्यस्तो देखिन्न, कारण हो निर्माता जयन श्रेष्ठसँगको मनमुटाव। उनीहरूबीचको द्वन्द्व कतिसम्म बढेको छ भने ३ पुसमा फिल्म युनिटले आयोजना गरेको पत्रकार भेटघाटमा निखिल उपस्थित भएनन्।

त्यति मात्र होइन, ट्रेलरमा निखिललाई जत्तिकै अर्का नायक अनुपविक्रम शाहीलाई ‘स्पेस’ दिइएको छ। जब कि, टिजरमा निखिललाई बढी प्राथमिकतामा राखिएको थियो। उसो त निर्मातासँग निखिलको मात्र होइन, निर्देशक सबिर श्रेष्ठको पनि सम्बन्ध चिसिएको छ।
– गोकर्ण गौतम / नेपाल साप्ताहिक

YOU MAY LIKE THESE POSTS
Loading...