सायद २ ट्रेलर : टिनेज युवाहरुको प्रेम, इमोशन, फन एण्ड एक्शन

दर्शकहरुको प्रतिक्षाको सुचिमा रहेको चलचित्र ‘सायद २’ को ट्रेलर रिलिज भएको छ। करीब २ मिनेट लामो ट्रेलरमा टिनेज युवाहरुको प्रेम सम्बन्ध र उतारचढावलाई चित्रण गरिएको छ।

चलचित्रमा शुशिल श्रेष्ठ, निशा कार्की, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुलश पाण्डे लगायतका कलाकारको मुख्य भूमिका छ। सुनिल रावल, इश्वर श्रेष्ठ र सुवास लामिछाको संयुक्त लगानी रहेको यो चलचित्रमा हेमदेव गौतम र कृष्ण प्रधान सह-निर्माताको रुपमा छन्। दुर्गिस फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका हुन्। यो चलचित्र असार ३० गतेबाट रिलिज हुँदैछ।

चलचित्रको ट्रेलर एस्तो छ।

Saayad 2 Trailer is Here, Watch Now!

YOU MAY LIKE THESE POSTS
Loading...