दयाहाङ् राईले अब निर्मात्री छुल्ठिम गुरुङ्ग सँग जोडी कस्ने!

अभिनेता दयाहाङ् राईले अब चलचित्र ‘डायरी’ की निर्मात्री छुल्ठिम गुरुङ्ग सँग जोडी कस्ने भएका छन्। कलाकार रोहित रुम्बाले निर्माण गर्न लागेको चलचित्र ‘नेप्टे’मा दयाको जोडीका रुपमा छुल्ठिम देखिन लागेकी हुन्। राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र निर्माण युनिटले ‘नेप्टे’को घोषणा गरेको हो। चलचित्रमा रोहितको पनि भूमिका रहनेछ।

जेठको पहिलो साताबाट फ्लोरमा जाने बताईएको यो चलचित्रमा दया, छुल्ठिम र रोहित सँगै बुद्धि तामाङ, अरुणा कार्की, ए गुरुङ लगायतका कलाकारहरुले पनि अभिनय गर्नेछन्। बाबु बोगटी, सन्तोष राज, ओम सुनार र रोहितको संगीत रहने चलचित्र ‘नेप्टे’लाई हरी घले लामाले खिच्नेछन्।

देव कुमार श्रेष्ठले निर्देशन गर्ने चलचित्र ‘नेप्टे’मा सामाजिक कथा वस्तुलाई रोचक ढंगले उठाइने बताईएको छ। अभिनेत्री तथा निर्मात्री छुल्ठिमले दयाहाङसँग काम गर्ने रहर अब पुरा हुने बताईन्। कार्यक्रममा बोल्दै गर्दा रोहित रुम्बा भाबुक देखिए। किरण माइकलको पटकथा एंव संवाद रहेको यो चलचित्रको कथा रोहित आँफैले लेखेका हुन्।

YOU MAY LIKE THESE POSTS
Loading...