‘जालो’ ट्रेलर रिलिज । फिल्मी इतिहाँसमा सबै भन्दा लामो वन-टेक फिल्म भएको दाबी

विश्व फिल्मी बजारमा नयाँ किर्तीमान बनाउने उद्देश्यले अहिले सम्मकै सबै भन्दा लामो समयको वन-टेक फिल्मको रुपमा निर्माण गरिएको फिल्म ‘जालो’ को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार रेमन्ड दास श्रेष्ठ, मेनुका प्रधान, नीर शाह, मुना गौचन निराजन प्रधान चित्रित छन्। यो फिल्ममा अनुपविक्रम शाहीको पनि अभिनय छ। ट्रेलरमा फिल्मका प्राय सबै कलाकारहरु देख्न सकिन्छ।

एकै सर्टमा खिचिएको यो फिल्म करिब चार घण्टा लामो छ, जस्को लेखन तथा निर्देशन अराज केशव गिरीले गरेका हुन्। उनले मोहित मुनाल सँग मिलेर यो फिल्म निर्माण गरेका हुन्। यो फिल्मलाई २ भाग गरिएको छ – पहिलो ‘जालो’ र दोस्रो ‘जालो रिटर्न्स। जालो जेठ १९ गते बाट अल नेपाल रिलिज हुँदै छ भने जालो रिटर्न्स हेर्न दर्शकहरुले अर्को १ वर्ष प्रतीक्षा गर्नु पर्नेछ।

फिल्मको ट्रेलर हेर्नुहोस्

Trailer : JAALO – a film by Araaj Keshav

YOU MAY LIKE THESE POSTS
Loading...