Anmol KC : ममीले मलाई फिल्म खेल्न कहिले अफर नै गर्नु भएन !

अनमोल क्रियशनको ब्यानरमा निर्मित सुस्मीता केसीको प्रस्तुति चलचित्र हो – ‘म त तिम्रै हुँ’ । चलचित्र निर्माण युनिटले चलचित्र सम्बन्धि जानकारी दिन राजधानीमा आयोजना गरेको प्रेसमीटमा सरिक थिय अनमोल केसी।

कार्यक्रममा पत्रकारहरुको जिज्ञासामा अनमोल केसीले आफु आफ्नो आमाको चलचित्र नखेल्नुको रहस्य समेत खोले। उनले रमाइलो पारामा भने ‘ममीले मलाई कहिले अफर नै गर्नु भएन। किन गर्नु भएन भनेर सोंच्थे, तर चलचित्रको कथा तयार पार्दा मलाई हेरर कथा लेखिएको रहेनछ।’ आकाश तिर औल्याउदै उनले थपे, ‘म त तिम्रै हुँ’को कथा सुहाउँदो पात्रमा आकाश नै फिट छन्, उनले चलचित्रको कथालाई न्याय गरेका छन्।’ – भिडियो हेर्नुहोस्

Loading...

साउन ७ गतेबाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्रमा नव नायक आकाश श्रेष्ठ, नव नायिका ज्योत्सना योगी, सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका छ। चलचित्रमा अनमोल केसी र सुवास थापाको लगानी छ। श्रीराम महतले निर्देशन गरेको चलचित्रमा सुस्मिता केसीको पनि अभिनय हेर्न सकिन्छ।

YOU MAY LIKE THESE POSTS
Loading...