पुदिनाको प्रयोग अचार देखि औषधिसम्म

पुदिना अचारको रूपमा भान्सामा प्रयोग गर्नेदेखि लिएर औषधिको रूपमा पनि प्रयोग हुन्छ। जसरी प्रयोग गरे तापनि यसले शरीरलाई फाइदा नै गर्छ। विशेषगरी, खाना पचाउन या रुचाउन यसले मद्दत गर्छ। तराई र पहाडी क्षेत्रका धापिलो स्थानमा पाइने यो जडीबुटी जुठेल्नामा अचारका लागि रोपिनेदेखि लिएर ठूला औषधि कम्पनीहरूले धेरै जमिनमा समेत रोपेको पाइन्छ।

Pudina-good-for-health

आयुर्वेदमा यसलाई तुलसी वर्गमा राखिन्छ। यसको वैज्ञानिक नाम मोनछा स्पाइसिटा हो भने बोटचाहिँ छुपा जातिमा गनिन्छ। यसलाई एकपटक रोपिसकेपछि धेरै वर्षसम्म पटक–पटक यसको पात टिपेर प्रयोग गर्न सकिन्छ। विशेषगरी, यसको पात नै धेरै प्रयोग गर्ने गरिन्छ।

पुदिनामा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेड, फोस्फोरस, क्याल्सियम, आइरन, केही मात्रामा निकोटिन र अम्ल हुन्छ। यसको सबैभन्दा धेरै मन पराइने सुगन्धित तेल पातमा बढी हुन्छ।

यसलाई आयुर्वेदिक भाषामा उष्ण विधिको हुने जडीबुटीमा लिइन्छ। त्यसैले कफबाट हुने एलर्जीलाई हटाउन यसको प्रयोग गरिन्छ। त्यसैगरी, यसमा परपराउने गुण भएकाले दुखाइ कम गर्ने गुण पनि रहेको हुन्छ। मुख तथा शरीरमा दुर्गन्ध आएको छ भने यसको कोरस (झोल बनाएर) छर्कंदा त्यो गन्ध हटेर जान्छ।
साथै, यसले अन्नबालीमा एन्टिसेफ्टीको पनि काम गर्छ। जसलाई अन्नबाली राखेको ठाउँमा छर्कंदा घुन, पुत्ला लाग्दैन।

यसले खाना रुचिकर बनाउने काम गर्दछ भने पाचन गर्नका लागि चाहिने ताप उत्पन्न गराई पचाउन पनि सहज बनाइदिन्छ। कसैकसैलाई खाना खानसाथ वाकवाकी लाग्ने सामस्या छ भने यो सेवन गर्दा त्यस्तो समस्या हटेर जान्छ।

आर्युवेदिक चिजमा पुदिनाको पातमा रहेको तेल प्रयोग गरी स्वादिस्ट बनाइएको हुन्छ। यसको रसलाई निचोरेर सीधै प्रयोग गर्न पनि सकिन्छ। पुदिनालाई पकाएर वा नपकाई निचोरेर त्यसको रस राखेर प्रयोग गर्न सकिन्छ। यस्तो रस पेट दुखाइको समस्या हुँदा सेवन गर्नु राम्रो हुन्छ। यो अचार र औषधि दुवै रूपमा प्रयोग गरिने हुँदा यो यति नै खाने भन्ने हुँदैन। आवश्यकता र उपलब्धताअनुसार प्रयोग गर्न सकिन्छ।

YOU MAY LIKE THESE POSTS
Loading...